अपहरण राजनीतिक संस्कारको कुरुप नमूनाको सबैभन्दा कुरुपतम् रुप हो : बाबुराम भट्टराई (भिडियो अन्तरवार्ता)
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले पूर्वराज्यमन्त्री डा सुरेन्द्र यादवको अपहरणसम्बन्धमा राज्यले छानविन र आवश्यक कानुनी कारवाही गर्न नचाहनु गम्भीर आपत्तिको विषय भएको बताएका छन् ।
रातोपाटीसँगको अन्तरवार्तामा डा. भट्टराईले भनेका छन्, ‘अपहरण भनेको राजनीतिक संस्कारको कुरुप नमूनाको पनि सबैभन्दा कुरुपतम् रुप हो ।’
उनले अगाडि भने, ‘पीडित पक्षको मान्छे सबै तथ्य र विवरण सार्वजनिक रुपमा भनिरहेको छ, न्याय मागिरहेको छ, सुरक्षा मागिरहेको छ । तर राज्यको काम त पीडित पक्षले उजुरी दिएपछि उजुरी लिने, छानविन गर्ने, होइन रहेछ भने गलत उजुरी दिनेलाई दण्ड दिने प्रावधान पनि त छ ।’
उजुरी विना नै छानविनमा आफै जुट्नुपर्ने बेलामा उजुरी दिन जाँदासमेत उजुरी नलिएर राज्यले आफ्नो चरित्र प्रष्ट्याएको उनको भनाइ थियो । ‘कसैले भनेको कुरा सही हो कि होइन भनेर टुंगो लगाउनका निम्ति पनि सरकार हच्किनु पर्ने कारण के हो ? गम्भीर विषय यो बनेको छ,’ उनले भने ।
आफूहरुले अपहरणसम्बन्धी उजुरी दर्ता गराउन गएकै कारण आफूहरुलाई समेत विपक्षी बनाएर उजुरी दिने प्रयास भएको तथ्य प्रष्ट्याउँदै उनले भने, ‘कुनै विषय उठ्दा त्यसलाई अन्त विषयान्तर गर्ने होइन, एउटा चोर भयो भने तँ पनि चोर हो भन्न थालियो भने समाज पूर्ण अराजकता तिर जान्छ ।’
आफूले कुनै गल्ती गरेको भए आफूलाई त्यसको सजाय दिइनु पर्ने तर अरुले गरेको गल्तीलाई कसैको गल्तीसँग साटफेर गरेर चोख्याउन नहुने उनले बताए ।
‘घटनाको छानविन गरेर त्यसलाई टुंगो लगाउने हो । साटफेर गर्ने होइन,’ उनले भने, ‘तपाईले मलाई आरोप लगाउनु भयो भने मैले तपाईमाथि आरोप लगाएर त म चोखिन सक्दिनँ, त्यसैले प्रत्येक विषयको त्यसको गुण र दोषको आधारमा, तथ्य र सत्यको आधारमा कानुन सम्मत ढंगले अगाडि बढ्नु पर्छ ।’
अपराधसंहिताको २११ ले कोही मान्छे आफ्नो इच्छा विपरीत एक ठाउँबाट अर्को ठाउँमा लिएर जानु भनेको अपहरण हो भनेर परिभाषित गरेको जिकिर गर्दै उनले प्रश्न गरे ‘त्यसको छानविन गर्न के आपत्ति भो ?’
कोरोना महाव्याधिबाट पीडित भएको बेलामा विश्वका विभिन्न मुलुकले रोग नियन्त्रण, जनतालाई कसरी स्वास्थ्य सुविधा छिटो पु¥याउने, कोरोना संक्रमणका कारण अर्थतन्त्रमा परेको प्रभाव कसरी हटाउने भन्ने चिन्ता गरिरहेको भए पनि हाम्रो देशका कार्यकारी प्रमुखले आफ्नो पार्टीको दुई तिहाई करिब बहुमत हुँदा अर्को एउटा सानो पार्टीलाई फुटाउँछु भनेर षड्यन्त्रमा लाग्नुको आसयबारे पनि उनले प्रश्न गरेका छन् ।
हेर्नुहोस् रातोपाटीका लागि कुवेर पाठकले डा भट्टराईसँग गरेको अन्तरवार्ता–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण