कुवेतमा थप ११ जना नेपाली कोरोना संक्रमित, संक्रमितको संख्या ७५ पुग्यो
शुक्रबार, १९ वैशाख २०७७, १७ : ४१
कुवेत । खाडी मुलुक कुवेतमा थप एघार नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।
कुवेतको स्वास्थ्य मन्त्रालयले थप एघार जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ७५ पुगेको छ।
कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ३५३ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या ४३ सय ७७ पुगेको छ।
थप ६३ सहित १६ सय २ जना उपचारपछि पूर्णरुपमा निको भएका छन्।संक्रमित दुईहजार ७ सय ४५ को सामान्य उपचार भैरहेको त्यसमध्य ७० जनाको अवस्था गम्भीर रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण कुवेतमा ४ जनाले ज्यान गुमाएसंगै मृतकको सख्या ३० पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण