बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

रुसमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढ्यो, मस्को शहर सबैभन्दा बढी प्रभावित

आइतबार, २१ वैशाख २०७७, १९ : १५
आइतबार, २१ वैशाख २०७७

एजेन्सी । रुसमा एकैदिन १० हजार कोरोना भाइरस संक्रमित फेला परेका छन् । रुसमा कोरोना महामारी सुरु भएयता पहिलोपटक यति धेरै संक्रमित फेला परेका हुन् । राजधानी मस्कोमा सबैभन्दा बढी संक्रमितहरु भेटिएका छन् । संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि त्यहाँका अस्थाई अस्पतालहरु २४ सै घण्टा खुल्ला राखिएका छन् ।

केही दिनअघि रसियन प्रधानमन्त्री मिखाई मिशुस्तिनलाई समेत कोरोना संक्रमणको पुष्टि भएको थियो । उनलाई अस्पताल भर्ना गरिएको छ भने उनले त्यहीबाट काम पनि गरिरहेका छन् । योसँगै रुसमा कोरोना परीक्षणको दायरा पनि ह्वात्तै बढाइएको छ ।

अहिले मस्को शहरमा मात्र दैनिक ४० हजार जनाको दैनिक परीक्षण गरिँदैछ । यद्यपि, त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार भेटिएका नयाँ संक्रमितहरुमध्ये आधा (५० प्रतिशत) मा मात्र कोरोना भाइरसका लक्षणहरु देखिएका छन् । जोन हपकिन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याँकअनुसार रसियामा अहिलेसम्म १ लाख ३४ हजार ६ सय ८७ जना संक्रमितहरु देखिएका छन् भने अहिलेसम्म १२ सय ८० जनाको संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना महामारीमा रसिया त्यस्तो देश देखिएको छ, जहाँ मृत्युदर दु्रत गतिमा बढिरहेको छ । पछिल्लो दश दिनमा मृत्यु हुनेको संख्या झन्डै दोब्बर भएको छ । तर संक्रमितहरुको तुलनामा भने कम मानिसको मृत्यु भएको छ । –बीबीसी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप