खोल्सामा श्रीमतीको हत्या गरेर गाडेको आरोपमा एक जना पक्राउ
धनुषा – खोल्सामा श्रीमतीको हत्या गरेर गाडेको आरोपमा एक जना पक्राउ परेका छन् ।
आइतबार प्रहरीले आफ्नै २३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको अभियोगमा मिथिला नगरपालिका–९ लालभित्ती बस्ने हरि चौहान पक्राउ परेका हुन् ।
झगडा गरी घरबाट हिडेंकी बिनु सम्पर्कमा नआएको भनी हरिले शुक्रबार प्रहरी चौकी लालगढमा मौखिक जानकारी गराउना साथ प्रहरी उनको खोजी तथा अनुसन्धानमा जुटेको थियो ।
सो क्रममा सोही नगरपालिका–१० लालगढस्थित सामुदायिक वनको मगरनी खोल्सामा हत्या गरेर गाडेको भन्ने जानकारी आइतबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उक्त स्थानमा उत्खनन गर्दा बिनुको शव फेला पारेको हो ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा हरिले नै हत्या गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण