बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाका यी आठ सडक निर्माण सुरु

मङ्गलबार, २३ वैशाख २०७७, ०६ : ४६
मङ्गलबार, २३ वैशाख २०७७

काठमाडौं – काठमाडौँ उपत्यका सडक विस्तार आयोजना अन्तर्गत उपत्यकाका तीनवटा जिल्लाका आठवटा सडकमा निर्माण कार्य पुनः अगाडि बढाइएको छ । 

कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीबाट रोकिएको सडक निर्माण कार्य पुनः सुरु भएको हो ।

काठमाडौँमा तीनवटा, ललितपुरमा चारवटा र भक्तपुरमा एउटा सडकको विस्तार तथा निर्माण प्रक्रिया अगाडि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

आयोजनाका अनुसार काठमाडौँमा जोरपाटी–साँखु सडकखण्ड (१२ किमी), जोरपाटी–सुन्दरीजल सडक खण्ड (सात किमी) र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक खण्ड (१२.५ किमी)को निर्माणकार्य पुनः अगाडि बढाइएको छ ।

त्यसैगरी ललितपुरमा नख्खु–भैँसेपाटी–बुँगमती सडकखण्ड (पाँच किमी), सातदोबाटो–चापागाउँ–लेले सडकखण्ड (१३ किमी), लखनखेल–सातदोबाटो–गोदाबरी सडकखण्ड (८.४ किमी) र ग्वार्को–लुभू–लामाटार सडक खण्ड (७.२ किमी) रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुुसार भक्तपुरमा सल्लाघारी –पेप्सीकोला–खस्याङखुसुङ सडकखण्ड (४.५ किमी)को काम अगाडि बढाइएको छ । सडक खण्डहरूमा रुख काट्ने, ह्युमपाइप हाल्ने, पर्खाल लगाउने, बिजुलीको खम्बा स्थानान्तरण गर्ने लगायतका काम भइरहेका छन् भने कतिपयमा कालोपत्रेको कामसमेत सुरु भइसकेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।  यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप