खुलेन राजा वीरेन्द्र शाहको भवन श्रीसदन
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले नारायणहिटी दरबारस्थित तत्कालीन राजा वीरेन्द्र शाहको भवन श्रीसदन अवलोकन गर्ने चाहना कौतुहलमै रहन गयो ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले श्रीसदन नागरिकको अवलोकनका लागि खुला गर्ने तयारी गरेको थियो ।
विकास समितिका प्रमुख भेषनारायण दाहालका अनुसार श्रीसदनमा रेलिङ लगाउने काम मात्र बाँकी थियो । श्रीसदनका कक्ष र वीरेन्द्रले प्रयोग गरेका सामानको परिचय खुल्ने क्याप्सन तयार भइसकेको थियो ।
सफाइ कार्य पनि सकिइसकेको थियो । बाँकी काम सम्पन्न गरेर श्रीसदन खुला गर्ने सोचमा विकास समिति थियो ।
बन्दाबन्दीका कारण सबै काम रोकिएको छ भने नारायणहिटी सङ्ग्रहालय र श्रीसदन बन्द छ । २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका सदस्यको यहीँ त्रिभुवन सदनमा नरसंहार भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना
-
सर्वोच्चको व्याख्या : ‘चिट्ठा पर्यो भनेर ठगी गर्नेलाई सङ्गठित अपराध हैन, ठगीमा सजाय हुन्छ’
-
कोशीका मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतविभाजन सुरु
-
अदालत गए उपेन्द्र यादव
-
दलहरूबिच सहमति भई सदन नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
-
जसपाबाट यादव र ठाकुर मन्त्री बन्दै