३५ सय नेपाली स्वदेश फर्कनका लागि कुवेत सरकारको आश्रयस्थलमा
कुवेत सरकारले गैरकानुनी रुपमा बसेका आप्रवासीहरुको हकमा गत महिना दिएको आममाफी अन्तर्गत तीन हजार ५ सय गैरकानुनी रुपमा कार्यरत नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि बिहीबारदेखि आश्रय स्थलमा राखेको छ ।
महिला र पुरुषलाई अलग–अलग गरी स्थानीय विद्यालय, कलेज र खेल मैदानमा राखिएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।
कुवेतले गैरकानुनी रुपमा बसेका आप्रवासीहरुलाई आममाफी दिएपछि स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुलाई आश्रय स्थलमा राखिएको हो ।नेपालीका लागि गत अप्रिल २६ देखि ३० सम्मको समय तोकिदिएको थियो । सरकारले दिएको समयमा तोकिएको केन्द्रमा उनीहरु लगेजसहित आवेदन दिन पुगेका थिए ।
राहदानी नभएका ३ हजार भन्दा बढी नेपाली नागरिकहरुलाई नेपाली दूतावास कुवेतले ट्राभल डकुमेन्ट जारी गरेको थियोभने ५ सय राहदानी भएका नेपालीहरु सिधै आश्रयस्थल गएका दूतावासले जनाएको छ ।
नेपालले उडान अनुमति प्रदान गर्नासाथ कुवेतले आफ्नै खर्चमा चार्टर विमानमार्फत उनीहरुलाई नेपाल पठाउने दूतावासले जनाएको छ।गत फेबु्रअरी २९ सम्म भिसाको म्याद समाप्त भएका कामदार आममाफी प्रक्रियामा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण