हवाई उडान बन्द हुँदा युएईमै गरियो नेपालीको अन्त्येष्टि
युएई। कोरोनाभाइरस(कोभिड-१९) का कारण नेपालको हवाई उडान बन्द हुँदा यूएईमा मृत्यु भएका एक नेपाली महिलाको यहाँ नै अन्त्येष्टि गरिएको छ ।
दुई महिना अघि आत्महत्या गरेकी झापा अर्जुनधाराकी निता चौधरीको बिहीबार युएईको अलऐनमा हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिएको हो ।
वैदेशिक रोजगारीका लागि ७ महिना पहिले युएईको रोयल क्याटरिङ्ग कम्पनीमा आएकी चौधरीले गएको फागुन १९ गते झुण्डिएर आत्महत्या गरेकी थिइन्।
नेपालको हवाई उडान बन्द हुनु र नेपालमा लकडाउन पनि लम्बिएसँगै शव नेपाल लैजान नसक्ने भएपछि दुबईमै कार्यरत मृतकका दाइ किशोर चौधरीसँग समन्वय गरेर शव युएईमै अन्त्येष्टि गरिएको हो ।परिवारको अनुमतिसहित उनको अन्त्येष्टि गरिएको गैर आवासीय नेपाली संघ(एनआरएनए) युएई क्षेत्रीय समिति अबुधावीका पूर्वअध्यक्ष दुर्योधन कार्कीले रातोपाटीलाई बताए।
कोरोनाको कारण हवाई उडान बन्द हुँदा युएईमा २६ जनाको शव रोकिएको मध्य बिहीबारसम्म ७ जनाको शव अन्त्येष्टिका लागि परिवारले अनुमति दिएकाले दूतावास आबुधावीले जनाएको छ।जस अनुसार ५ जनाको अन्त्येष्टि भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण