युएईले सबै किसिमका भिसामा लाग्ने जरिवाना मिनाहा गर्यो, गैरकानुनी रुपमा बसेका नेपालीलाई राहत
युएई । युएई सरकारले भिजिट, आवासीय र कामदार सबै किसिमका भिसामा लाग्ने जरिवाना मिनाहा गरेको छ ।
लामो समयदेखि विभिन्न कारणले भिसा अवधि सकिएर गैरकानुनी रुपमा बसेका विदेशीनागरिकहरुको लागि युएई सरकारले आममाफी सहित जरिवाना मिनाहा गरेको संघीय प्राधिकरण परिचय र नागरिकता (एफआईआईसी) का एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै खलिज टाईम्सले समाचार छापेको छ।
पछिल्लो समय युएई सरकारले गत मार्च १ तारिखदेखि लागेको जरिवाना मात्र मिनाहा गरेको थियो। तर बुधबारको सरकारी निर्णय अनुसार भने मार्च १ भन्दा अघि भिसा सकिएर लागेको जरिवानाहरु पनि मिनाहा हुने भएको हो। साथै ईमिरेट्स आईडी र लेबर कार्ड(वर्क पर्मिट)मा लागेको जरिवाना पनि मिनाहा भएको हो।
यसरी गैर कानुनी रुपमा भिसा सकिएर बसेका नागरिकहरुको जरिवाना मिनाहा हुनेहरुले आगामी मे १८ देखि ३ महिना भित्र यो देश छाडिसक्नु पर्नेछ ।यसरी गएकाहरुले अवस्था सामान्य भए पछि कुनै पनि बेला युएई आउन पाउने छन्। प्रवेश प्रतिबन्ध लाग्ने छैन।
युएई सरकारको उक्त निर्णयले लामो समयदेखि युएईमा गैरकानुनी रुपमा बसेका नेपाली नागरिकहरुले राहत पाउने छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण