विद्युतीय रेलमार्ग निर्माण सुरु हुने
काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७/७८ मा सडक, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग निर्माण तथा अध्ययनको कार्यलाई प्राथमिकता दिने भएको छ । त्यसैगरी तीन सय सडक पुलको निर्माण गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संयुक्त सदनमा आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै आगामी तीन वर्ष्भित्र काठमाडौँ÷तराई दर््ुतमार्गको निर्माण सम्पन्न गर्ने बताए ।
त्यसैगरी राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ््गा–नौबीसे सडक खण्डमा निर्माणाधीन २.६८ किलोमिटर सुरुङमध्ये आर्थिक वर्ष २०७७/७८ मा एक किलोमिटरको निर्माण सम्पन्न गर्ने घोषणा गरे ।
आर्थिक वर्ष २०७७/७८ मा सिद्धार्थ राजमार्गको बुटबल–पाल्पा खण्डको सिद्धबाबा सुरुङमार्गको निर्माण सुरु गरिने छ भने बेत्रावती–स्याफ्रुबेँसी–टोखा–छहरे, गुर्जे भञ्जाङ, खुटिया दिपायललगायतका सुरुङमार्ग अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा सधैँ भर पर्ने कि राज्यले केही पहल गर्ने ?
-
‘सोनु निगम लाइभ इन नेपाल’ मा जोडियो दिपल
-
वैदेशिक रोजगारीमा सधैँ भर पर्ने कि राज्यले केही पहल गर्ने ?
-
भुटानी राजा नेपाल हुँदै भारत जाने
-
एनपीएलका अवसरमा अफर : डिशहोमको इन्टरनेट जडानमा थप ३ महिनाको बोनससहित नि:शुल्क फाइभ-जी राउटर
-
आउला त फिल्म पुष्पा–३ ?