सरकारले विदेशमा रहेका नेपालीको उद्धार गर्ने, यस्तो छ मोडालिटी
सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अप्ठेरोमा परेका नेपालीलाई उद्धार गर्ने प्रस्तावित प्रक्रियाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफ्रिङ गरेका थिए ।
उनले उद्धार गर्ने प्रक्रिया र स्वदेशमा व्यवस्थापन गर्ने प्रक्रियाको खाका प्रधानमन्त्री ओली समक्ष प्रस्तुत गरेका थिए ।
विदेशमा रहेका नेपालीलाई उद्धार गर्दा पहिलो चरणमा कस्तो अवस्थाकालाई प्राथमिकतामा राख्ने भन्नेबारेमा छलफल भएको हो ।
उनीहरुलाई स्वदेश फर्काउने प्रक्रिया थाल्न र आवश्यक व्यवस्थापन गर्न परराष्ट्र मन्त्री ज्ञवालीलाई जिम्मेवारी समेत दिइएको छ ।
मन्त्री ज्ञवालीले विभिन्न देशबाट नेपाली नागरिकको उद्धार गर्दा ४ तरिकाबाट गर्नेबारे खाका प्रस्तुत गरेका थिए ।
बिरामी भएर उपचार गर्न गएको नेपाली नागरिक, गर्भवती महिलाहरु, नेपालमा आफन्तको निधन भएर आफ्नो संस्कृति अनुसार काजक्रिया गर्न नपाएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर उद्धार गर्ने लगायतका योजना प्रस्तुत गरेका थिए ।
विदेशबाट नेपालमा ल्याइसकेपछि के गर्ने भन्नेबारेमा पनि मन्त्री ज्ञवालीले आफ्नो योजना सुनाएका थिए ।
सकेसम्म विदेशमै स्वास्थ्य परीक्षण गरेर ल्याउने र नेपालमा कहाँ, कसरी र कस्तो क्वारेन्टाइनको व्यवस्था गर्नेबारे छलफल भएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।
उनले भने–‘सम्बन्धित मुलकसँग पहल गरेर स्वास्थ्य परीक्षण गराएर रिर्पोट आएपछि ल्याउने, परीक्षण हुन नसके नेपालमै ल्याएर परीक्षण गर्नेबारे छलफल भएको छ । यहाँ ल्याएपछि कसरी स्वास्थ्य परीक्षण गर्ने, क्वारेन्टाइन कहाँ व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भएको छ ।’
यस्तै जनजीवन कसरी सहज बनाउने, राहत वितरणलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा पनि छलफल भएको छ ।
सोमबार साँझ बोलाइएको बैठकमा मन्त्रिपरिषदको बैठकमा पनि विदेशबाट उद्धार गर्ने विषयमा थप छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
