राप्रपाका अध्यक्ष लोहनीले दिए सरकारलाई ४ सुझाव
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले लिम्यिाधुरा क्षेत्रमा सेना तैनाथ गर्न माग गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत डा. लोहनीले सो माग गरेका हुन् । नेता लोहनीले निशान छापमा लिम्पियाधुरा समावेश गर्न र सो क्षेत्रमा सरकारी कार्यालय खडा गरी स्थानीय जनतालाई विशेष सुविधा दिन समेत माग गरेका छन् ।
‘सन् १८१६ मा बेलायतसँग भएको नेपालको सन्धि बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि हो’ अध्यक्ष लोहनीले भने । राष्ट्रपतिको सम्बोधन बमोजिम लिम्पियाधुरासहित नेपालको नक्सा जारी गर्ने सरकारको निर्णय स्वागत गर्दै उनले सरकारलाई चार सुझाव दिएका ।
१. दोस्रो जनआन्दोलनपछि २०७२ को संविधानको अनुसूची ३ मा नेपाल सरकारको निशान छापमा राखिएको नेपालको नक्सामा सन् १८१६ देखि कायम भएको लिम्पियाधुरा क्षेत्र छुटेको छ । यो विगत १४ वर्षदेखिको ठूलो त्रुटी हो । नयाँ निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अब राखिनुपर्दछ ।
२. त्यस क्षेत्रमा सशस्त्र प्रहरी बलको पछाडि नेपाली सेना तैनाथ गरिनुपर्दछ ।
३. त्यस क्षेत्रमा जनतालाई आवश्यक नेपाल सरकारको कार्यालयको उपस्थिति राम्रो हुनेछ ।
४. त्यस क्षेत्रमा यातायातमा विशेष ध्यान दिई जनता लक्षित अन्य विकास कार्यक्रम आउँदो वर्षदेखि विशेष चासो राखी लागू गर्नुपर्दछ । त्यहाँका नेपाली जनताले राज्यबाट अहिलेजस्तो उपेक्षित भएको महसुस गर्नु नपरोस् । यो बँुदामा यसपालिको बजेटले ध्यान देओस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण