शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाका अध्यक्ष लोहनीले दिए सरकारलाई ४ सुझाव

मङ्गलबार, ०६ जेठ २०७७, १७ : ४१
मङ्गलबार, ०६ जेठ २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले लिम्यिाधुरा क्षेत्रमा सेना तैनाथ गर्न माग गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत डा. लोहनीले सो माग गरेका हुन् । नेता लोहनीले निशान छापमा लिम्पियाधुरा समावेश गर्न र सो क्षेत्रमा सरकारी कार्यालय खडा गरी स्थानीय जनतालाई विशेष सुविधा दिन समेत माग गरेका छन् ।

‘सन् १८१६ मा बेलायतसँग भएको नेपालको सन्धि बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि हो’ अध्यक्ष लोहनीले भने । राष्ट्रपतिको सम्बोधन बमोजिम लिम्पियाधुरासहित नेपालको नक्सा जारी गर्ने सरकारको निर्णय स्वागत गर्दै उनले सरकारलाई चार सुझाव दिएका । 

१. दोस्रो जनआन्दोलनपछि २०७२ को संविधानको अनुसूची ३ मा नेपाल सरकारको निशान छापमा राखिएको नेपालको नक्सामा सन् १८१६ देखि कायम भएको लिम्पियाधुरा क्षेत्र छुटेको छ । यो विगत १४ वर्षदेखिको ठूलो त्रुटी हो । नयाँ निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अब राखिनुपर्दछ ।

२. त्यस क्षेत्रमा सशस्त्र प्रहरी बलको पछाडि नेपाली सेना तैनाथ गरिनुपर्दछ ।

३. त्यस क्षेत्रमा जनतालाई आवश्यक नेपाल सरकारको कार्यालयको उपस्थिति राम्रो हुनेछ ।

४. त्यस क्षेत्रमा यातायातमा विशेष ध्यान दिई जनता लक्षित अन्य विकास कार्यक्रम आउँदो वर्षदेखि विशेष चासो राखी लागू गर्नुपर्दछ । त्यहाँका नेपाली जनताले राज्यबाट अहिलेजस्तो उपेक्षित भएको महसुस गर्नु नपरोस् । यो बँुदामा यसपालिको बजेटले ध्यान देओस् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप