सवारी साधनका बीमितलाई प्रिमियममा राहत दिने निर्णय
बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ । समितिको मङ्गलबार बसेको बैठकले चैत ११ देखि देशभर बन्दाबन्दी भएर सवारी साधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिने निर्णय गरेको हो ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बन्दाबन्दीको अवधिभर बीमा शुल्क आगामी वर्षको बीमा नवीकरण छुट दिने निर्णय गरेको जानकारी दिए । समितिले ‘मोटर बीमा दरसम्बन्धी निर्देशिका–२०७३’ को परिच्छेद–७ को दफा ७ र ९ बमोजिम उक्त निर्णय गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बीमा समितिको निर्णयले यातायात व्यवसायीलाई थोरै भए पनि राहत मिलेको बताए । यसअघि यातायात व्यवसायीले बीमा पोलिसीको किस्ता बुझाउन नसकिएको भन्दै समितिमा ज्ञापनपत्र बुझाएका थिए ।
सवारी साधनको कूल वार्षिक बीमा शुल्कको एकतिहाइ रकम थन्किएको अवस्थाको जोखिमको लागि कट्टा गरी बाँकी दुईतिहाइमा समानुपातिक रकम छुट दिन समितिले निर्देशन दिएको छ । समितिले कूल प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष, यात्रु तथा कर्मचारीको बीमालगायत जोखिम समूहको हिसाब गर्नुपर्ने व्यवस्था गरेको छ ।
समितिले सवारी साधनको कूल वार्षिक बीमा शुल्कको एकतिहाइ रकम थन्किएको अवस्थामा जोखिम कट्टा गरी बाँकी दुईतिहाइ रकममा समानुपातिकरूपमा छुट दिन निर्देशन दिएको छ । त्यस्तै सवारी साधन बीमाको नवीकरण गर्दा बीमा शुल्क समायोजन गर्न र बीमितलाई छुट रकमको प्रमाणपत्रसमेत प्रदान गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण