इस्लाम धर्मावलम्बीहरु आज ईद–उल–फित्र मनाउँदै

काठमाडौं । रमजान महिना सकिएको दिन इस्लाम धर्मावलम्बीहरुले आज ईद–उल–फित्र मनाउँदै छन् । अरबी पात्रो हिजरी सम्बत अनुसार दशौं महिनाको पहिलो दिन अर्थात रमजान महिना सकिएको दिन आज मुस्लिम समुदायले विशेष नमाज (प्रार्थना) आदा (समर्पण) गरी ईद–उल–फित्र मनाउने गर्दछन् । अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलीपल्ट ईद–उल–फित्र मनाउने गरिन्छ । ईदमा विशेष नमाज आदा गरिसकेपछि आफुभन्दा ठूलाबडाबाट आर्शिर्वाद लिने र आफुभन्दा सानालाई आर्शिवाद दिने गरिन्छ ।
ईदका दिन इस्लाम धर्मावलम्बीहरुले मस्जिद तथा ईदगाहमा भेला भई सामूहिक रुपमा नमाज आदा गर्ने परम्परा रहेको छ । यसवर्ष भने कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लकडाउन जारी भएपछि मस्जिदमा सामूहिक रुपमा नमाज आदा नगर्न मुस्लिम आयोगले आग्रह गरेको छ ।
मस्जिदमा गई समूहमा नमाज आदा गर्न नपाएपछि घरमै परिवारका सदस्यबीच नमाज आदा गरेर ईद–उल–फित्र मनाउँदैछन् । त्यसैले ईदका दिन काठमाडौंमा रहेका दुई मस्जिद पनि सुनसान देखिए । मस्जिदमा रहेका धर्मगुरु र कर्मचारीले मात्र प्रार्थना गरेका छन् । सरकारले ईदको अवसरमा आज देशभर सार्वजनिक विदा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने
-
बीसीसीआईले कोची टस्कर्सलाई ५३८ करोड भारु क्षतिपुर्ति तिर्नुपर्ने
-
कृषाको ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेलले अभिनय गर्ने
-
सभामुखले गरे प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल
-
अमेरिकामा ६० खेलपछि कस्तो छ मेस्सी र पेलेको कीर्तिमान ?
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले