म्यानमारमा रहेका नेपाली आइपुगे, युएइबाट साढे ३ बजेभित्र नेपाल आइपुग्ने
काठमाडौं – म्यानमारबाट २६ जना नेपाली स्वदेश आइपुगेका छन् । म्यानमारबाट नेपाली नागरिक लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको विमानस्थलका महाप्रवनधक देवेन्द्र केसीले रातोपाटीलाई बताए ।
म्यानमारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका नेपालीहरुलाई बसुन्धारस्थित पार्टी प्यालेसको होल्डिङ सेन्टरमा लगेर केहीबेर राखिने र त्यसपछि तोकिएको क्वारेन्टिनमा लगिनेछ । त्यसका लागि त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछ ।
म्यानमारमा रहेका २६ जना र युइएबाट १६८ नेपाली शुक्रबार नेपाल आउन लागेका हुन् । त्यस्तै, युएईबाट नेपाली नागरिक बोकेको विमान शुक्रबार दिउँसो साढे २ बजेदेखि ३ बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले अहिलेसम्म युएईको नेपाली लिएर आउने विमानबारे समयको टुंगो लागिसकेको आफूलाई जानकारी नआएको बताए ।
परराष्ट्र मन्त्रालयकाअनुसार कोभिड–१९ को उच्च जोखिमका बखत विदेशमा रहेका नेपाली नागरिकमध्ये फर्कनैपर्ने वाध्यतामा परेकालाई सरकारले नेपाल फिर्ता ल्याउन थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको स्पष्टीकरण, ‘ प्रधानमन्त्रीले उठाउनुभएको विषय दशगजा अतिक्रमणसँग सम्बन्धित हो’
-
उनकै शब्द सापटी लिँदै निष्कलले अर्थमन्त्री वाग्लेमाथि लगाए राजद्रोहको आरोप
-
अमेरिकामा एआई बहसलाई प्रभावित गर्न चीनले च्याटजीपीटी प्रयोग गरिरहेको आरोप
-
सरकार कूटनीतिक माध्यमबाट सीमा सम्बन्धी विवाद समाधान गर्न प्रतिबद्ध छः परराष्ट्रमन्त्री
-
साझा सुरक्षा चासोदेखि रणनीतिक सहकार्यसम्म : भारत भ्रमणबारे राष्ट्रिय सभामा परराष्ट्रमन्त्रीको ब्रिफिङ
-
अमेरिका–इरान सैन्य तनाव : पाकिस्तानको मध्यस्थता प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण