बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

बिहीबार, २८ जेठ २०८३, १४ : ३३
बिहीबार, २८ जेठ २०८३

सारांश

  • एभरेस्ट बैंकले नेपाल-भारत क्रस-बोर्डर रियल-टाइम रेमिट्यान्स सेवा सुरु गरेको छ।
  • यस सेवाले दुवै देशका नागरिकहरूलाई छिटो, सरल र सुरक्षित रूपमा तत्काल रकम आदानप्रदान गर्न सक्षम बनाउँछ।
  • सेवा अन्तर्गत दैनिक र मासिक रकम स्थानान्तरणका लागि सीमा तोकिएको छ।

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तर्देशीय फन्ड ट्रान्सफर सम्झौतासँगै एभरेस्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप मार्फत नेपाल र भारतबीच ‘रियल–टाइम क्रस–बोड रेमिट्यान्स सेवा’ लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

 यस डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले छिटो, सरल र सुरक्षित रूपमा तत्काल रकम आदानप्रदान गर्न सक्ने बैंकले जनाएको छ ।

नयाँ व्यवस्थापन अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन् । जसअन्तर्गत, नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु १ लाखसम्म सहजै भारत पठाउन सक्नेछन् ।

त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमा बिना नै दैनिक अधिकतम भारु २ लाखसम्म नेपालमा विप्रेषण पठाउन सक्नेछन् । नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेसको प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन् । साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस      ( आईडीमार्फत सीधै रकम प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप