मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकको कान्छो महानगरको उम्मेदवारी मनोनयन सम्पन्न : यस्ता छन् मैदानमा उत्रिएका अनुहार

बुधबार, २१ भदौ २०७४, १८ : १७
बुधबार, २१ भदौ २०७४

वीरगञ्ज । शान्तिपूर्ण र उल्लासमय तरिकाले मुलुककै कान्छो महानगरपालिकाको उम्मेदवारी मनोनयन सकिएको छ । 

नेपाली काँग्रेसले मेयर र उपमेयरमा क्रमशः अजय दुवेदी र शान्ति कार्कीको उम्मेदवारी दर्ता गराएको छ । दुवेदी र कार्की स्वयं मनोनयन केन्द्रमा पुगेका थिए । 
नेकपा एमालेले मेयर उपमेयरमा क्रमशः बसरुद्धिन अन्सारी र सोफीया आचार्यको उम्मेदवारी दर्ता गराएको छ । 

नेकपा माओवादी केन्द्रले मेयर उपमेयरमा क्रमशः रहबर अन्सारी र दुर्गा क्षेत्री तथा संघीय समाजवादी फोरम नेपालबाट मेयर उपमेयरमा क्रमशः विजय कुमार सरावगी र पिंकी देवी यादव, राष्ट्रिय जनता पार्टीबाट मेयर उपमेयरमा क्रमशः राजेशमान सिंह र रम्भा मिश्र, नेपाल लोकतान्त्रिक फोरमबाट मेयर उपमेयरमा क्रमशः विमल श्रीवास्तव र रिंकु यादवले उम्मेदवारी दिएका छन् । 

संघिय समाजवादी फोरमका उम्मेदवारहरुले आफ्नो वारेशको रुपमा तबरेज अहमदलाई पठाएर उम्मेदवारी मनोनयन दर्ता गराएका थिए भने बाँकी उम्मेदवारहरुले आफै उपस्थित भएर उम्मेदवारी दिएका थिए । 

मनोनयन दर्तालाई व्यवस्थीत गर्न मुख्य निर्वाचन कार्यालय पर्साले दलहरुको माग बमोजिमको समय उपलब्ध गराएको भएपनि दलहरु पुर्व निर्धारीत समय भन्दा फरक समयमा पुगेका थिए । 

विहानको समयमा स्वतन्त्र उम्मेदवारहरुको बढी सहभागिता रहेको थियो भने दिउँसो २ बजे पछि मुख्य दलका उम्मेदवारहरु मनोनयन दर्ता गराउन पुगेका थिए । दलहरु आफ्ना समर्थकसहित बाजा गाजाको साथमा उम्मेदवारी दर्ता गराउन पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप