बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य निर्धारण सुरु भयो, तेलको कहिले हुन्छ ?

सोमबार, २६ जेठ २०७७, १६ : २०
सोमबार, २६ जेठ २०७७

काठमाडौं । विश्व बजारमा सुन र तेललाई एकाआपसमा लगानीको परिपूरक क्षेत्र मानिन्छ । यी दुवैको बजार विश्वको वस्तु विनिमय बजारको एउटा अभिन्न अंग पनि हो । यसको मूल्य निर्धारण पनि विश्व व्यापारको माग र आपूर्ति अनुसार निर्धारण हुने गर्छ । 

नेपालमा भने यसको प्रणाली अलिक फरक छ । सुनको मूल्य विश्व बजारको मूल्यलाई आधार बनाएर दैनिक रुपमा निर्धारण हुने भए पनि पेट्रोलियम पदार्थको मूल्य भने नेपाल आयल निगमले तय गरेको स्वचालित मूल्य प्रणाली अनुसार १५/१५ घटबढ हुन्छ । यो पनि बढीमा २ प्रतिशत मात्रै तलमाथि हुनेगरी मात्रै यसको मूल्य घटबढ हुनसक्ने व्यवस्था गरिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारदेखि सुनको मूल्य निर्धारण गर्न सुरु गरेको छ । चैत १० गतेदेखि बन्द भएको मूल्य निर्धारण साढे २ महिनापछि खुला भएको हो ।  यही सम्बन्धमा नेपाल आयल निगमले पनि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य निर्धारणलाई निरन्तरता दिने तयारी गरेको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अबदेखि नियमित रुपमा मूल्य निर्धारण गर्ने तयारी गरेको बताए । 

कति तोकिन्छ मूल्य ?

साढे २ महिनापछि मूल्य निर्धारण हुँदा सुनको मूल्य १० हजार ४ सयले बढेको थियो । अन्तर्राष्ट्रिय बजारको मूल्य र भन्सार दरमा आएको परिवर्तनका कारण यति धेरै मूल्य बढेको हो । तर, तेलमा भने त्यसो स्वचालित मूल्य प्रणाली नै लागू हुने कार्यकारी निर्देशक पौडेल बताउँछन् ।  

अहिले स्वचालित मूल्य प्रणालीअनुसार प्रत्येक महिनाको १ र १६ गते मूल्य निर्धारण हुने गरेको छ । यसरी मूल्य निर्धारण हुँदा बढीमा २ प्रतिशत मात्रै घटबढ गर्न सकिने व्यवस्था छ । यसो हुँदा अब मूल्य निर्धारण हुँदा पेट्रोल डिजेल र मट्टितेलको मूल्य २/२ रुपैंयाको दरले मात्रै घट्नेछ । 

अन्तराष्ट्रिय बजारमा तेल निकै घट्न थालेको अवस्थामा आयल निगमले विशेष निर्णय गरेर एकैपटक पेट्रोलियम पदार्थको मूल्य १०/१० रुपैंया घटाएको थियो । त्यसपछि भने निगमले मूल्य समायोजन बन्द गरेको थियो ।  विश्व बजारमा निकै घटेको मूल्य अहिले फेरि बढेको भन्दै कार्यकारी निर्देशक पौडेलले मूल्य घटबढ नगरेर ठीक भएको भएको बताए ।

‘हिजोको दिनमा २० डलर प्रतिब्यारेल मूल्यमा आएको थियो । त्यही अनुसार मूल्य घटाएको भए अहिले अप्ठ्यारो पर्ने रहेछ, अहिले तेलको मूल्य ४० डलर पुगन लागिसक्यो । हामीले मूल्य नघटाएर ठीकै गर्यौ’ उनले भने । अहिले पेट्रोलको मूल्य ९६ रुपैंया तथा डिजेल र मट्टितलेको ८५/८५ रुपैंया प्रतिलिटरमा बिक्री हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप