विवादकै बीच माइतीघरमा युवाहरुको प्रदर्शन, २१ तस्बिरमा हेर्नुहोस्
काठमाडौं । केही दिनयता सरकारको विरोधमा देशव्यापी प्रदर्शनरत युवाहरुको समूहले शनिबार राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् ।
शनिबार संविधान संशोधन प्रस्ताव पारित हुने दिन भएकैले प्रदर्शनको दृश्य केही पृथक पनि देखिन्थ्यो ।
विगतका दिनमा सरकारविरोधी आक्रामक नारा हुने गरेकोमा आजको प्रदर्शनमा संशोधन प्रस्ताव ल्याएर सरकारले राम्रो काम गरेको भन्दै प्रशंसाका व्यानर बोकिनुका साथै र नारा पनि लागेका थिए । उनीहरुले ‘लिपुलेक हाम्रो हो तर आरडीटी नराम्रो हो’ भन्ने आशयका ब्यानर पनि बोकेर माइतीघरमा आएका थिए । यसबाहेक अन्य दिनका जस्तै सरकारकाे विराेध गरिएका नारा अंकित प्लेकार्ड सहभागीले बाेकेका थिए भने सडकमा भाैतिक दूरी कायम गरेर प्रदर्शन गरिएको थियो ।


हुन त संविधान संशोधन प्रस्ताव पारित हुने दिन विरोध प्रदर्शन गर्न नहुने भन्दै विवाद पनि भएको थियो । सोही विवादका कारण आजको प्रदर्शन सोचेअनुरुप प्रभावकारी हुन नसकेको सहभागीहरुको भनाइ छ ।

कुनैपनि पार्टीको नाम नलिई फेसबुकमा बनेको क्लोज ग्रुपबाट सञ्चालित युवाहरुको भनिएको यो आन्दोलनमा ‘घुसपैठ’ दावीसहित शुक्रबारदेखि नै आरोप–प्रत्यारोप सुरु भएको थियो । सोही आरोप प्रत्यारोपका बीच ग्रुपभित्र ‘भोलिको विरोध प्रदर्शन बन्द गरौं’ अर्थात् #StopProtestTomorrow ह्यासट्याग निकै चर्चित भएको थियो ।

आज हुने संविधान संशोधनको पक्षमा नेपालका सबै राजनीतिक दलहरु एकमत छन् । यस्तो अवस्थामा स्वतन्त्र समूहको नामबाट विरोध प्रदर्शन गरिनु व्यवहारिक नभएको धेरैको तर्क छ ।

कोरोनाभाइरस नियन्त्रणमा सरकारले गरेको १० अर्बमा भ्रष्टाचार भएको आन्दोलनकारीको दावी छ । यस्तै सबै नागरिकको पीसीआर परीक्षण गरिनुपर्ने, क्वारेन्टिइनहरुको व्यवस्थापन विश्व संगठनको मापदण्ड अनुसार हुनुपर्ने जस्ता मुख्य माग उनीहरुको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण