आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आइएमईले ल्यायो ‘आइएमई घरमै १ लाख जितौं’ योजना, मोबाइल फोनमै पैसासँगै उपहार पनि

मङ्गलबार, ०२ असार २०७७, १६ : ५१
मङ्गलबार, ०२ असार २०७७

काठमाडौँ– आइएमई लिमिटेडले कोरोनाभाइरस (कोभिड(१९)को प्रभावलाई मध्यनजर गर्दै घर बाहिर नगई रेमिट्यान्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि ‘आइएमई घरमै १ लाख जितौं’ भन्ने उपहार कार्यक्रम योजना प्रस्तुत गरेको छ । 

सामान्य अवस्थामा नेपाल भित्र गरिने रेमिट्यान्स वा विदेशबाट आएको रेमिट्यान्सलाई एजेन्ट कहाँ गई रकम लिन सकिने भएता पनि हाल बाहिर निस्किँदा सङ्क्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो सेवाग्राहीमुखी योजना सार्वजनिक गरिएको आइएमईले जनाएको छ । 

यस अन्तर्गत यही जेठ ३१ गतेबाट सुरू गरिएको ‘आइएमई घरमै’ उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई रू. १ लाख प्रदान गरिनेछ । त्यसैगरी हरेक हप्ता ५ जनालाई जनही रू. ५ हजार प्रदान गरिने आइएमईले जनाएको छ । सेवाग्राहीमुखी यो योजना असारको अन्त्यसम्म मात्र लागू गरिएको छ । 

स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा रू. ५० बोनस स्वरूप प्राप्त गर्न सकिनेछ । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिने आइएमईले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप