बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

भारतले ‘बडे भाइ’को दम्भ त्यागे मात्रै दुई देशको सम्बन्ध सुमधुर हुन्छः सांसद भट्टराई

बिहीबार, ०४ असार २०७७, १३ : ४२
बिहीबार, ०४ असार २०७७

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले भारतले ‘बडे भाइ’को दम्भ त्यागेमात्रै दुई देशको सम्बन्ध सुमधुर हुने बताएका छन् । २१ औं शताब्दीमा पनि भारतले बल्लभभाइ पटेलको मानसिकतामा परिवर्तन गर्न नसके दुई देशको सम्बन्ध सुमधुर हुन नसक्ने उनले बताए । नेपाल भारतबीचको आर्थिक, सामाजिक र अन्य सम्बन्धहरु सुमधुर बनाउन नेपाल भारत दुई देशको कर्तव्य भएको उल्लेख गर्दै उनले भने– ‘आजको भारतीय संस्थापन पक्षले हिजोका बल्लभभाई पटेलको मानसिकतामा आधारित भएर दुई देशबीचको सम्बन्ध सुमधुर बन्छ भन्ने ठान्छ भने त्यो बन्न सक्दैन । उसले त्यो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ । भारतले बडे भाइको दम्ब त्याग्नुपर्छ । यो त्यग्नैपर्छ नेपाल भारतको सम्बन्ध सुमधुर बनाउन ।’’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई २१ औं शताब्दीको उन्नत चेतनामा आधारित भएर मित्रवत सम्बन्धको सुरुवात गर्ने आँट र क्षमता देखाउन पनि आग्रह गरे । राष्ट्रियसभामा प्रस्तुत नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको छलफलमा उनले महाकाली सन्धिमा उल्लेख भएका कतिपय कुराहरुको गलत अर्थ लगाइएको बताए । अधिकांश महाकाली नदी सीमा नदि हो भनेर उल्लेख भएको शब्दावलीलाई गलत अर्थ लगाइएको उनले बताए । महाकाली पारि पनि नेपाली भूमि दोधारा चाँदनी भएको उल्लेख गर्दै उनले भने– ‘महाकाली नदी सम्पूर्ण सीमा नदी हो भन्न सक्ने अवस्था नेपालको छैन् । महाकाली पारी पनि दोधारा चाँदनी छन् । त्यो हाम्रो होइन भन्न सक्छौँ ? सक्दैनौ भने महाकाली सन्धिमा अधिकांश भूभाग सीमा नदी हो भनेको कुरा गलत ढंगले भनेको भनेर सोच्नु हुँदैन् ।’

भारतीय पक्षका कारण पछिल्लो समय नेपाल भारत सम्बन्धमा दरार आएको उनले बताए । वार्ताका लागि पटक–पटक आग्रह गर्दा पनि विवादित क्षेत्रमा आफैं सडक उद्घाटन गर्ने अनि सेना प्रमुखले नेपालको अपमान गर्दा नेपालले त्यो सहन नसक्ने उनले बताए । ‘सीमा समस्या समाधानका लागि पटक पटक आग्रह गर्दा पनि भारतबाट बेवास्ता ग¥यो । भारतीय पक्षले हेपाहा र मिचाहा प्रवृत्ति देखाएका कारण समस्या उत्पन्न भयो । यो भारतीय संस्थापनको कुटनीतिक असफलता हो’ उनले भने । उनले सबै असमान सन्धि सम्झौता पुनरावलोकन गर्न भारत तयार हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप