कविता
अध्यागमन र बाटाहरू
शनिबार, ०६ असार २०७७, १० : ०८
-साकार बाबु सुवेदी
धर्ती यही हो,
मनमा माताझैँ आदर भएपनि,
संघारमा साहुको स्वागत नगरी,
झिसमिसे मैँ बस्ति पार गर्दै हिँडेको ।
माटो यही हो,
धरधरी मनबाट वर्षिए पनि,
भिज्न नसकेर खडेरी परेका खेतमा,
नियति भन्दा कठोर डल्लाहरू छोडेर हिँडेको ।
घाम यही हो,
जस्ताको प्वालबाट देखिने,
लाखौं विन्तिपछि पनि बिहान हुनै पर्ने ?
व्यर्थको अनुनयपछि अँध्यारैमा हिँडेको ।
बाटो यही हो,
रसाउन नसकेको हृदय,
अनि बसाउन नसकेको पुष्प छोडेर
कैयौँ अघि पिठ्युँ फर्काएर हिँडेको ।
एक अन्तराल पछि,
पाइलाले चिनेछन् माटाहरू,
पिठ्युँले अनुभुत गर्दै छ चर्का घामहरू,
तर मनले अत्मसात गर्न सकेनन् मेरा बाटाहरू ।
मध्यान्तर लगत्तै,
छोडेर हिँडेको जीवन जस्तै,
आकाँक्षाका एकाङ्कीहरू पूरा हुन नसकेर,
मेरो परिचय माग्दै छ बिरानो झैँ आफ्नै धर्तीले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण