काठमाडौँबाट यस्तो देखियो सूर्यग्रहण, तस्विरमा हेर्नुहोस्
खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण अपरान्ह २ बजेर २३ मिनेटमा सकिने छ । ३ घण्टा ३३ मिनेट अवधिको देखिने ग्रहण विश्वका विभिन्न मुलुकबाट सूर्यग्रहण देख्न सकिने छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । काठमाडौं उपत्यकाबाट ८८ प्रतिशत सम्म सूर्य ढाकिएको देखिने र नेपालको पश्चिमी भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सूर्य ढाकिएको देख्न सकिने खगोलविद्हरुले बताएका छन् । खगोलविद्हरुका अनुसार दिउसो १२ बजेर ३८ मिनेटमा काठमाडौंबाट करिब ८८ प्रतिशत सूर्य ढाकिएको देख्न सकिने छ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हने बताइएको छ ।

सूर्यग्रहण खाली आँखाबाट अथवा टेलिस्कोपको प्रयोग गरेर समेत अवलोकन गर्न हुँदैन् । ग्रहण लागेको बेलामा हिमाल आरोहणमा प्रयोग गरिने विशेष खालको चस्माबाट मात्र अवलोकन गर्न सकिने छ । धार्मिक मान्यता अनुसार सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि र मकर राशि भएका मानिसहरुले हेर्न सकने छन भने अन्य राशि भएकाले हेर्दा अशुभ हुने छ । तर खगोलविद्हरुले भने सूर्यग्रहण कसैले पनि सिधा हेर्न नहुने र सुरक्षित तरिका अपनाएर हेर्न हुने बताउँछन् ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण