सुक्ष्म अध्ययन गरी रणनीति तयार गर्नुस्: प्रधानसेनापति थापा
काठमाडौं । नेपाली सेना पृतनापति समन्वयात्मक बैठकले कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यमा सङ्गठनको भूमिकाको गम्भीर समीक्षा गरेको छ । उक्त बैठकमा जङ्गी अड्डा मातहतका कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आआफनो जिम्मेवारी क्षेत्रमा कोभिड– १९ ले खडा गरेको सुरक्षा चुनौतीबारेमा गहन र विस्तृत ढङ्गबाट प्रस्तुतीकरण भएको थियो ।
मुलुकको समग्र सुरक्षाको स्थितिका विषयमा समीक्षा गरिएको उक्त बैठकमा भविष्यमा आउनसक्ने परिस्थितिजन्य विषय र चुनौतिकाबारे पनि गहन छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जानकारी दिएको छ ।
दुईदिने बैठक समापनका अवसरमा आज प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षा वातावरणले राष्ट्रिय सुरक्षामा पार्ने प्रतिकूल असरको सूक्ष्म अध्ययन र विश्लेषण गरी विकसित परिस्थितिमा स्पष्ट अवधारणा, रणनीति र कार्ययोजना तयार गर्न निर्देशन दिए ।
उनले भने– ‘नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदा झैँ प्रतिबद्ध छ ।’ पद्धति र प्रणालीमा आधारित सङ्गठन निर्माणमा सबैले जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर काम गर्न निर्देशन दिँदँ प्रधानसेनापति थापाले साङ्गठानिकहित र राष्ट्रिय स्वार्थका लागि अविचलित भएर कर्तव्यपथमा लाग्न सुझाव दिए ।
बैठकमा पिएसओज, आठवटै पृतनापतिलगायत जङ्गी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपति सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण