एउटी सुन्दर परी
सुन्दर थिइन् उनी अति सुन्दर,
रुपकी रानी,
थोरै शृङ्गारले पनि उनी
जगमगाएको देख्छु
मुसुक्क हाँस्छिन् उनी
उनको मुस्कानको त्यो जादु
हराएको देख्छु
एउटी सुन्दर परी सुस्ताएको देख्छु
उनको मोहनी नजर अस्ताएको देख्छु
हिजोसम्म उनको मुस्कानले जगमगाउने
त्यो अनुहार
आज ओइलाएको देख्छु
थपिएको छ काधमा अझै बोझ एउटा
त्यसैले उनलाई उदास उदास देख्छु
संसारसँग लड्ने सहास छँदैछ उनमा
तर अनाहकमा पाएको चोटसँग बर्बराएको देख्छु
एउटी सुन्दर परी सुस्ताएको देख्छु
उनको मोहनी नजर अस्ताएको देख्छु
उनलाई मनपर्ने रातो रङ्गबिना,
ऐना हेर्न पनि
हिचकिचाएको देख्छु
कहीँ कतै झुक्किएर नजर परिहाले पनि
आफैसँग उनी डराएको देख्छु
बोलाए कसैले उनलाई भने
एकै शब्दमा कुरा टुङ्ग्याएको देख्छु
सानो छँदा आमाले लागाइदिएको
टिकी र चुरासँग
आगाध सामीप्यता देख्छु
सधैँ रातै मनपराउने उनी
निला र हरिया रङ्ग नसुहाएको देख्छु
उनका भरिएका नजरलाई
मुस्कानको आडमा लुकाएको देख्छु
एउटी सुन्दर परी सुस्ताएको देख्छु
उनको मोहनी नजर अस्ताएको देख्छु ।
अम्बिका न्यौपाने
मकवानपुर, हेटौँडा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण