सत्य
मङ्गलबार, ०९ असार २०७७, २३ : ०६
म निकै हिँडिसके
समयको चट्टानी परतमा
सत्यको उत्खनन गर्न
म कैयौँपटक लडेकी छु
खाडलमा
जहाँ सत्य आत्मसन्तुष्ट भएर बसेको छ
र उद्धारित हुन चाहँदैन
किनभने धरती उसका लागि तुच्छ हो रे ।
म धेरै पटक खसेकी छु
अनन्त गहिराइमा
र मृत्युलाई तिरस्कार गर्दै
आफ्नै बुँतामा उठेकी पनि छु ।
समय बितिसक्यो तर म
अझै लागिपरेकी छु ।
एकपटक फेरि
आफ्नो मूलको खोजी गर्नेछु
म उठेर फेरि हिँड्नुपूर्व
केही प्रश्नहरू बेसिल्सिलेवर आउने होलान्
तोपको मुखमा बसेर
काम्नेछन् मेरा शब्दहरू
मेरो मौनता केही क्षणका लागि प्रतिध्वनित हुनेछ
एक पटक फेरि
एक थोपा आँशु बाँकी छाडिनेछ
यसका अवशेषहरू पाइयून भनेर
जमिसकेको समयको गर्भमा ।
सुश्री सङ्गीता मिश्र, चेन्नई
नेपाली अनुवाद : ई. सन्तोषकुमार पोखरेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण