हास्यकलाकार किरण केसीको सुझावः यी पाँच प्रकारका मानिससँग टाढा हुनुहोस्
बुधबार, १० असार २०७७, ०९ : १५
चर्चित हास्यकलाकार किरण केसीले पाँच प्रकारका मानिसबाट टाढा बस्न सल्लाह दिएका छन् ।
उनले आफ्नो फेसबुक अकाउन्टमा ‘सूचना’ भन्दै यस्तो सल्लाह दिएका हुन् ।
उनका अनुसार ती पाँच प्रकारका व्यक्ति हुन्ः
१. जो काम पर्दा मात्रै सम्झिन्छ
२. जो तपाईंसँग फाइदा मात्रै लिन चाहन्छ
३. जो बारबार झुटो मात्रै बोल्छ
४. जो तपाईंलाई इज्जत गर्दैन
५. जो अरुको अगाडि मै हुँ भनेर तपाईंको बेइज्जत गर्छ
उनले लेखेका छन्, ‘हो... यस्ता मान्छेसँग टाढा रहनुहोस् है ।’
उनको यो स्टेटस नायिका करिष्मा मानन्धरले पनि सेयर गरेकी छिन् ।