चीनमा कार्यरत सयौँ कर्मचारीको सरुवा गर्दै माइक्रोसफ्ट

बेइजिङ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले चीनमा आफ्नो क्लाउड कम्प्युटिङ र कृत्रिम बौद्धिकता व्यवसायमा कार्यरत ७ सय देखि ८ सय जति कर्मचारीहरूको सरुवा गर्ने भएको छ । चीन र अमेरिकाबिच तनाव बढिरहँदा कम्पनीले चिनियाँ इन्जिनियरहरूलाई चीनबाहिर सरुवा लिन भनेको भन्दै वाल स्ट्रिट जर्नलले बिहीबार समाचार छापेको छ । यी मध्ये अधिकांश कर्मचारी चिनियाँ नागरिक भएको बताइएको छ ।
कम्पनीले ती कर्मचारीहरूलाई अमेरिका, आयरल्यान्ड, अस्ट्रेलिया र न्यूजिल्यान्डमा सरुवा लिन भनेको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन नेतृत्वको सरकारले विद्युतीय सवारी साधनमा हालिने ब्याट्री, कम्प्युटर चिप्स र मेडिकल प्रडक्ट समेतका चिनियाँ सामानको आयातमा कडाइ गरिरहँदा दुई देशबिच तनाव बढेको छ । यसैबिच कम्पनीले यो कदम चालेको हो ।
कम्पनीका प्रवक्ताले भने बहुराष्ट्रिय व्यवसायको हिस्सा अन्तर्गत कर्मचारीहरूलाई आन्तरिक रूपमा सो अवसर दिइएको बताएको छ । चीनप्रति कम्पनी प्रतिबद्ध रहेको र चीनमा व्यवसाय सञ्चालनलाई निरन्तरता दिने कम्पनीका प्रवक्ताले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश तथा स्थानीय तहमा जाने विवरण : कुन पालिकालाई कति बजेट ?
-
राइड सेयरिङको विरोधमा बन्द, राइड सेयरिङ नै मालामाल
-
जापानमा ‘नेपाल फेशन एन्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड’ सम्पन्न
-
मुम्बई इन्डियन्सका खेलाडीलाई दोहोरो झट्का
-
यातायात व्यवसायीसँग छलफल गर्न सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन
-
आगलागीमा परेर वृद्धको मृत्यु