चीनमा कार्यरत सयौँ कर्मचारीको सरुवा गर्दै माइक्रोसफ्ट
बेइजिङ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले चीनमा आफ्नो क्लाउड कम्प्युटिङ र कृत्रिम बौद्धिकता व्यवसायमा कार्यरत ७ सय देखि ८ सय जति कर्मचारीहरूको सरुवा गर्ने भएको छ । चीन र अमेरिकाबिच तनाव बढिरहँदा कम्पनीले चिनियाँ इन्जिनियरहरूलाई चीनबाहिर सरुवा लिन भनेको भन्दै वाल स्ट्रिट जर्नलले बिहीबार समाचार छापेको छ । यी मध्ये अधिकांश कर्मचारी चिनियाँ नागरिक भएको बताइएको छ ।
कम्पनीले ती कर्मचारीहरूलाई अमेरिका, आयरल्यान्ड, अस्ट्रेलिया र न्यूजिल्यान्डमा सरुवा लिन भनेको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन नेतृत्वको सरकारले विद्युतीय सवारी साधनमा हालिने ब्याट्री, कम्प्युटर चिप्स र मेडिकल प्रडक्ट समेतका चिनियाँ सामानको आयातमा कडाइ गरिरहँदा दुई देशबिच तनाव बढेको छ । यसैबिच कम्पनीले यो कदम चालेको हो ।
कम्पनीका प्रवक्ताले भने बहुराष्ट्रिय व्यवसायको हिस्सा अन्तर्गत कर्मचारीहरूलाई आन्तरिक रूपमा सो अवसर दिइएको बताएको छ । चीनप्रति कम्पनी प्रतिबद्ध रहेको र चीनमा व्यवसाय सञ्चालनलाई निरन्तरता दिने कम्पनीका प्रवक्ताले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण