बेलायत कन्सर्टबाट आश्रमलाई डेढ करोड सङ्कलन
काठमाडौँ । बेलायतमा भएको कन्सर्ट र विभिन्न कार्यक्रमबाट मानव सेवा आश्रमको सहयोगार्थ १ करोड ५० लाख रुपैयाँ सङ्कलन भएको छ ।
बेलायतको क्याम्वर्लीस्थित कन्ट्री क्लबको हलमा हालै आयोजित ‘इनर मेलोडी फर इनर पिस’ लाइभ कन्सर्ट र त्यसलगत्तै विभिन्न स्थानमा आयोजना भएको ‘मिट एन्ड ग्रिट’ कार्यक्रमबाट रकम सङ्कलन भएको आश्रमले बिहीबार जनाएको छ ।
कन्सर्टमा भाग लिएर गायिका आनी छोइङ डोल्मा बेलायतबाट नेपाल फर्किएकी छिन् ।
आश्रमका अनुसार, मानव सेवा आश्रमको सहयोगार्थ गरिएको बेलायत साङ्गीतिक कार्यक्रममा ५२ लाख रुपैयाँ बराबरको टिकट बिक्रीबापत र स्पोन्सरबाट २० लाख लगायत ८ लाख ४१ हजार रुपैयाँ र आनी छोइङ डोल्माको अटोबायोग्राफी पुस्तक फूलको आँखामा बिक्रीबाट रकम सङ्कलन भएको हो । यसका साथै ५ आश्रमको विभिन्न जिल्लामा निर्माण भइरहेको भवन निर्माणको लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ र ३२ जनाले आजीवन वार्षिक भोजन सेवा सदस्यता ग्रहण गरी मानव सेवा आश्रमको अक्षयकोष श्रीवृद्धिका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् ।
मासिक ८ हजार रुपैयाँ योगदान गर्नेगरी १७ जना बालबालिकाहरूको र मासिक ५ हजार योगदान गर्नेगरी ५ आमाबुबाको मासिक खर्च योगदान गरी २२ जनाले बेसहाराको अभिभावकत्व ग्रहण गरेको पनि आश्रमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण