भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या ५ लाख नाघ्यो
एजेन्सी । भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या ५ लाख नाघेको छ । कोरोना संक्रमितहरुको संख्या मात्र ६ दिनमा ४ लाखबाट ५ लाख नाघेको हो । अहिले भारतमा ५ लाख १ हजार ८सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । २० जुनमा संक्रमितहरुको संख्या ४ लाख पार गरेको थियो । भारतमा कोरोना भाइरस संक्रमणको पहिलो केस जनवरी ३० मा देखिएको थियो ।
११० दिनपछि अर्थात मे १० मा यो संख्या बढेर १ लाख भएको थियो । पछिल्ला दिन संक्रमणको गति यति बढेको छ कि १५ दिनमै संक्रमितको संख्या २ लाख नाघ्यो । यसपछि संक्रमितहरुको संख्या २ देखि ३ लाख हुन १० दिनमात्र लाग्यो । त्यसपछि ३ देखि ४ लाख पुग्न ८ दिन लाग्यो भने ४ देखि ५ लाख संक्रमितको संख्या पुग्न ६ दिन लाग्यो ।
यसको मतलब अब हरेक ६ दिनमा १ लाख नयाँ संक्रमितहरु देखापर्ने छन् । यहि गतिमा अघि बढ्ने हो भने भारत विश्वमा तेश्रो सबैभन्दा बढी संक्रमित हुने देश बन्नेछ भने अर्को हप्तासम्म रुसलाई पनि पछाडि पार्नेछ । भारतमा अहिलेसम्म १५ हजार ३ सय ८ संक्रमितहरुको मृत्यु भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक
-
चीनमा चक्कु प्रहारको घटना बढ्दो, प्राथमिक विद्यालयका पाँच जना घाइते
-
गतिरोध लम्बिनुमा सरकार जबाफदेही छ : अध्यक्ष केसी
-
वैदेशिक व्यापारतर्फका सबैजसो सूचक ऋणात्मक
-
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
-
रिलायन्स कलेजद्वारा राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आयोजना