गतिरोध लम्बिनुमा सरकार जबाफदेही छ : अध्यक्ष केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चा नेपालले संसद्को गतिरोध लम्बिनुमा सरकार जिम्मेवार रहेको बताएको छ । अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति जारी गर्दै सरकारका कारण संसद् सञ्चालनमा अवरोध उत्पन्न भएको भन्दै संसद् भित्रका प्रतिपक्षीहरूले सहकारी रकम ठगीमा देशको बहालवाला गृहमन्त्रीको नाम तथा संलग्नताको प्रश्न उठेपछि त्यसबारे सत्यतथ्य कुरा पत्ता लगाउनु सरकारको दायित्व हुने बताएका छन् ।
‘प्रतिपक्षीहरूले उठाएको संसदीय छानबिन समितिको मागलाई सत्तापक्षले आफ्नो सरकार ढाल्ने अस्त्रको रूपमा लिएको गलत बुझाइका कारण नै संसद्को गत्यावरोध लम्बिइरहेको छ । त्यसका लागि सरकार नै जबाफदेही रहेको छ’,जनमोर्चाले विज्ञप्तिमा भनेको छ ।
जनमोर्चाले विभिन्न तथ्यहरूबाट समेत गृहमन्त्रीको सहकारी ठगीमा संलग्नता भएको कुरा स्पष्ट हुँदाहुँदै “विगतमा अरूले बदमासी गरेका कारण मैले पनि गर्न पाउनु पर्दछ” भनी सहकारी ठगी प्रकरणलाई न्यायोचित देखाउन संसद्मा गरेको प्रयत्न सत्ताको आडमा गरेको एक प्रकारको बल मिचाई नै भएको बताएको छ । ‘सत्तापक्षले उनको बचाउ गरेर देशमा दण्डहीनताको अवस्था सिर्जना गरिरहेका छन् । स्वयं सरकारले नै अपराधीको बचाउ गरेर कानुनी राज्यको धज्जी उडाउने काम भइरहेको छ’, अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण