प्रतिनिधि सभामा भइरहेको गतिविधि सत्ता भागबण्डाको झगडा हो : सांसद सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधि सभामा भइरहेको गतिविधिलाई सत्ताको भागबण्डाको झगडा भएको टिप्पणी गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रतिनिधि सभामा भइरहेको गतिविधिहरू पुँजीवादी पार्टीहरूको सत्ताको भागबण्डाको झगडा भएको टिप्पणी गरेका हुन् ।
विगतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबैले विश्वासको मत दिएको भन्दै उनले अहिले केही विषयमा झगडा भएका कारण विश्वासको मत नदिएको बताए । उनले विश्वासको मतको पक्ष वा विपक्षमा बस्दा साक्षी बसेको जस्तो हुने भएकाले मत नै नदिएको बताए । उनले दुवै पक्ष ठिक नभएकाले आफू तटस्थ बसेको बताए । उनले प्रमुख प्रतिपक्ष दलले नाराबाजी गर्दा संसद्को कारबाही रोक्नु राम्रो हुने धारणा राखे ।
सांसद सुवालले विश्वासको मतको पक्षमा मतदान गर्न पहिले आफूलाई प्रस्ताव गरिने गरेको भएपनि पछिल्लो समय प्रस्ताव समेत आउन छाडेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने
-
चार वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?