प्रतिनिधि सभामा भइरहेको गतिविधि सत्ता भागबण्डाको झगडा हो : सांसद सुवाल
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधि सभामा भइरहेको गतिविधिलाई सत्ताको भागबण्डाको झगडा भएको टिप्पणी गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रतिनिधि सभामा भइरहेको गतिविधिहरू पुँजीवादी पार्टीहरूको सत्ताको भागबण्डाको झगडा भएको टिप्पणी गरेका हुन् ।
विगतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबैले विश्वासको मत दिएको भन्दै उनले अहिले केही विषयमा झगडा भएका कारण विश्वासको मत नदिएको बताए । उनले विश्वासको मतको पक्ष वा विपक्षमा बस्दा साक्षी बसेको जस्तो हुने भएकाले मत नै नदिएको बताए । उनले दुवै पक्ष ठिक नभएकाले आफू तटस्थ बसेको बताए । उनले प्रमुख प्रतिपक्ष दलले नाराबाजी गर्दा संसद्को कारबाही रोक्नु राम्रो हुने धारणा राखे ।
सांसद सुवालले विश्वासको मतको पक्षमा मतदान गर्न पहिले आफूलाई प्रस्ताव गरिने गरेको भएपनि पछिल्लो समय प्रस्ताव समेत आउन छाडेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण