चीनमा चक्कु प्रहारको घटना बढ्दो, प्राथमिक विद्यालयका पाँच जना घाइते

बेइजिङ । चीनको एक प्राथमिक विद्यालयमा चक्कु प्रहार हुँदा पाँच जना घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको बताइएको छ ।
पूर्वी चीनको जियाङ्सी प्रान्तको गुइक्सी शहरको एउटा प्राथमिक विद्यालयमा सोमबार उक्त घटना भएको समाचारमा उल्लेख छ ।
गत मे ७ मा युनान प्रान्तमा पनि यस्तै घटना भएको थियो । अस्पतालमा भएको घटनामा दुईजनाले ज्यान गुमाउनु परेको थियो । छुरा प्रहारबाट घाइते भएका अन्य २१ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
चीनमा अधिकांश जनताका लागि व्यक्तिगत बन्दुक राख्नु गैरकानुनी मानिन्छ । यस्तोमा सार्वजनिक स्थलमा चक्कु प्रहारका घटना बढेका छन् ।
गतवर्ष अगस्टमा पनि युनानको आवासीय जिल्लामा एक मानसिक रोगीले केही व्यक्तिलाई छुरीले आक्रमण गरेका थिए । सो घटनामा दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जना घाइते भएका थिए ।
यस्तै जुलाईमा पनि दक्षिणपूर्वी प्रान्त ग्वाङ्डोङको एउटा किन्डरगार्टेनमा छुरा प्रहारको घटना भएको थियो । यस घटनामा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर