बाढीका कारण २ लाख मेट्रिक टन धान उत्पादन घट्ने
काठमाडौँ – यो वर्ष २ लाख मेट्रिक टन धान उत्पादनमा कमी हुने कृषि मन्त्रालयले जनाएको छ । नेपालमा वार्षिक ५५ लाख मेट्रीकटन धान उत्पादन भईरहेको थियो । यो वर्ष अन्नबालीको पकेट क्षेत्र तराई मधेसमा बाढी र डुबानले धानबाली नष्ट गरेकाले उत्पादनमा कमी आउने कृषि मन्त्रालयका सहसचिव डा. योगेन्द्र कुमार कार्कीले बताए ।
मन्त्रालयले बाढीपीडित किसानलाई राहत छिटै राहत वितरण गर्ने पनि जनाएको छ । किसानलाई क्षतिपुर्ति दिन १ अर्ब २५ करोड राहत वितरण गर्ने यसअघि नै सरकारले घोषणा गरिसकेको छ ।
सोही घोषणाअनुरुप अहिले योजना आयोगबाट कार्यक्रम सिफारिस भई अर्थमन्त्रालयमा बजेट स्वीकृत हुने क्रममा रहेको कृषि मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएपछि राहत वितरण सुरु गर्ने सरकारी तयारी छ । सम्बन्धीत जिल्ला प्रशासन कार्यलय अन्तगर्तको दैविप्रकोप राहत उद्धार समितिमार्फत क्षतीपुर्ति वितरण गर्ने डा। कार्कीले बताए ।
बाढी र डुवानका कारण पूर्वी तराईका जिल्लाहरुमा कृषि क्षेत्रमा मात्रै ३ अर्ब ८४ करोडको क्षति भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण