राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण
सोमबार, १५ असार २०७७, १८ : १६
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदबाट पारित भइ आएका ५ वटा विधेयक प्रमाणीकरण गरेकी छिन् ।
नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले आर्थिक वर्ष २०७७–७८ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र बिनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐनलाई संशोधन गर्न बनेको विधेयक र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शकिराको गीत ‘दाई दाई’ चर्चामा
-
बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण