प्रधानमन्त्री ओलीको समर्थनमा सडकमा निस्किए युवा (फोटोफिचर)
बिहीबार, १८ असार २०७७, १३ : ४५
१
काठमाडौं । पार्टीभित्र आन्तरिक किचलो बढिरहेको बेला केही युवाहरुले बिहीबार राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जुलुस निकालेका छन् । युवाहरुले प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रो काम गरेको भन्दै उनको समर्थनमा जुलुस निकालेका हुन् ।

राजधानीको माइतीघर क्षेत्रमा भेला भएका युवाहरुले ओलीको तस्बिर र लिप्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका हुन् । उनीहरुले ओलीले भारतले मिचेको लिप्पियाधुरासहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै सपोर्ट पीएम केपी ओली ह्यासट्याग समेत प्रयाग गरेका थिए ।
पार्टीभित्र ओलीले भारतले आफ्नो सरकार ढाल्न खोजेको भन्दै अभिव्यक्ति दिएपछि विवाद बढेर उनले राजीनामा दिनुपर्ने दबाब बढिरहेको बेला ओलीको समर्थनमा जुलुस प्रदर्शन भएको हो ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण