अमेरिकामा एकैदिन ६० हजार नयाँ संक्रमित भेटिए
अमेरिकामा एकैदिन किर्तिमानी रुपमा ६० हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका अनुसार मंगलबार संक्रमित संख्याले नयाँ किर्तिमान बनाएको हो ।
यसअघि २ जुनमा ५५ हजार २ सय २० जनामा कोरोना संक्रमण भेटिएको थियो । त्यसपछि भने केही दिन संक्रमित संख्याले नयाँ किर्तिमान बनाउन सकेको थिएन । मंगलबार क्यालिफोर्निया र टेक्सास दुबैमा एकैदिन १० हजारभन्दा धेरै संक्रमित भेटिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार महामारीबारे बोल्दै अमेरिका राम्रो स्थानमा रहेको बताएका थिए । यद्यपी, देशका शीर्ष संक्रामक रोग विशेषज्ञ तथा कोरोना भाइरसबारे ह्वाइटहाउसका सल्लाहकार डाक्टर एन्थोनी फाउचीले सतर्क रहन चेतावनी दिएका छन् ।
उनले कोरोना भाइरसको पहिलो छाल नै अमेरिकाको घुँडा–घुँडासम्म आइसकेको बताएका छन् । यसअघि उनले अमेरिकामा दैनिक १ लाख जना संक्रमित भएपनि आफु आश्चर्यमा नपर्ने बताएका थिए । कोरोना महामारी पूर्णत नियन्त्रणबाहिर रहेको र यसबाट बच्नका लागि सतर्क हुनुपर्ने चेतावनी उनले दिएका थिए ।
कोरोना संक्रमित र मृतकको संख्या अमेरिकामा संसारकै सबैभन्दा धेरै छ । अहिलेसम्म अमेरिका ३० लाखभन्दा धेरैमा भाइरसको संक्रमण देखिइसकेको छ । कोभीड–१९ सँग सम्बन्धि रोगका कारण १ लाख ३१ हजार जनाले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण