लगातार १७ खेलमा अपराजित युनाइटेडको प्रिमियर लिगमा अर्को कोशेढुंगा
एस्टन भिल्लालाई हराउँदै म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगमा लगातार चार खेलमा ३ गोल या सोभन्दा बढीको अन्तरले जीत हासिल गर्ने नयाँ कोशेढुंगा कायम गरेका छन् । बिहीबार राति भएको खेलमा युनाइटेड ३–० गोल अन्तरले विजयी भएको हो ।
प्रिमियर लिगमा कुनै पनि टोलीले यसरी तीन गोल या सोभन्दा बढीको अन्तरले जीत हासिल गरेको पहिलो अवसर हो । यसअघि पहिलो डिभिजनमा सन् १९८७ मा लिभरपुलले यो उपलब्धि हासिल गर्न सफल भएको थियो ।
ओले गनर सोल्स्कसायरको टोली सबै प्रतियोगितामा पछिल्लो १७ खेलमा अपराजित रहेको छ । र, चौथो स्थानमा रहेको लेस्टरभन्दा मात्र एक अंकले पछि रहेको छ । युनाइटेडका लागि खेलको २७ औँ मिनेटमा पेनाल्टीमार्फत ब्रुनो फर्नान्डेजले पहिलो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा मेसन ग्रिनवुडले दोस्रो गोल गरे भने दोस्रो हाफमा पाउल पोग्बाले तेस्रो गोल गर्दै जीन सुनिश्चित गरे ।
हारसँगै भिल्ला लिग टेबलमा पुछारबाट दोस्रो स्थानमा खस्किएको छ । टोली यो सिजन रेलिगेसनमा पर्ने खतरा बढेको छ ।
अन्य खेलमा टोटनह्याम हटस्पर्स बोर्नेमाउथसँग गोलरहित बराबरीमा रोकियो भने एभर्टनले साउथह्याम्टनसँग १–१ को बराबरी खेल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण