पसलको चाबी बुझाउँदै सिभिल मलका व्यापारीहरुले भने, ‘आत्महत्या गर्न प्रोत्साहन नगरियोस्’
सिभिल मलका व्यापारीहरुले सामुहिकरुपमा पसलको चाबी मलका सञ्चालकहरुलाई बुझाएका छन् । शुन्य आम्दानीमा व्यवसायीहरुलाई भाडा बहाल रकम अनिवार्य रुपमा भुक्तानी गर्न सञ्चालकहरुले ठाडो निर्देशन दिएपछि सो रकम भुक्तानी गर्न नसक्ने भएकाले उनीहरुले पसलको चाबी बुझाएका हुन् ।
नेपालमा दैनिक रुपमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा पसलहरु सञ्चालन गरे पनि बोहनी समेत हुन नसकेको सिभिल मल व्यापार संघले जनाएको छ । यस्तो अवस्थामा संघ र सञ्चालकबीच आपसी समझदारीमा यो विषय टुङ्ग्याउनु पर्नेमा आफूहरुको माग सुनुवाइ नगरी असार २५ भित्र भाडा वहाल रकम भुक्तानी नभए थप विलम्ब लाग्ने लिखित र मौखिक दबाब दिइएको उनीहरुको आरोप छ ।
एक रुपैयाँ आम्दानी नभएको र भोलिका दिनमा व्यापार हुने भएर तिर्ने कुनै उपयुक्त वातावरण नहुने निश्चित रहेको अवस्थामा कहाँबाट लाखौँ रकम ल्याएर दिन सकिन्छ भन्ने उनीहरुको प्रश्न रहेको छ । संघका अध्यक्ष रत्नबहादुर घिमिरेले वार्ताका लागि मल सञ्चलक र व्यापारी दुवै पक्षलाई गम्भीर भइ सन्तुलित सहमतिका लागि आग्रह गरेका छन् ।
हेरौँ तस्विरः








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण