बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक जारी, देउवा पनि सहभागी
शनिबार, २७ असार २०७७, १० : ५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितको विपद् व्यवस्थापन परिषद्को बैठकमा राखेका छन् ।
शनिबार विहान १० बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा विपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी छन् ।
लगातारको वर्षापछि आएको बाढीपहिरोले सिन्धुपाल्चोक, म्याग्दी, लमजुङ, कास्की, तनहुँ, पश्चिम नवलपरासी, गुल्मी, जाजरकोट, रुकुमपश्चिम र कालीकोट ठूलो जनधनको क्षति पुर्याएपछि प्रधानमन्त्री ओेली विपद् व्यवस्थापनका लागि छलफलमा जुटेका हुन् ।
शनिबार वहानसम्म २७ जनाको मृत्यु भएको छ । थुप्रै बेपत्ता र घाइते भएका छन् । कतिपय घर पुरिएको र जोखिममा छन् । विभिन्न ठाउँमा डुवानको जोखिम पनि उस्तै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण