२१ उडानमार्फत मलेसियासहित यी देशबाट ३३२२ नेपाली स्वदेश फर्किए
कोभिड–१९ को कारणले विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजीकरण गर्न मलेसियास्थित नेपाली दूतावासको समन्वयमा सञ्चालन भएका पहिलो चरणका उडानहरु सम्पन्न भएका छन्।
जसअनुसार क्वालालम्पूरबाट नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र फिलिपिन्सबाट मालिन्दो एयरले समेत गरी २१ वटा उडानमार्फत ३३२२ जना नागरिकहरु नेपाल फर्किएको दूतावासले जनाएको छ ।
मलेसिया बाहेक ईण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट १०९ जना तथा हङकङ, भियतनाम, सिंगापूर, ताइवान र स्पेनमा रहेका नेपालीहरु समेत नेपाल फर्किएक छन् ।
फिलिपिन्समा अलपत्र परेका १०८ जना नेपाली हिमालय एयरलाईन्समार्फत आइतबार फर्किएका छन् ।
क्वालालम्पूरबाट भएका उडानहरुबाट मलेसियाको विभिन्न जेल तथा डिटेन्सन केन्द्रहरुमा रहेका ६९ जना नेपाली नागरिकहरु समेत नेपाल फर्किएको दूतावासले जनाएको छ । यसैगरी यी उडानहरुबाट ३९ वटा शवहरु समेत नेपाल पठाइएको दूतावासले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण