सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई सहयोग
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले आज असार २९ गते दोलखा स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि हेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरुप पाँच लाख प्रदान गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक दिक्षा सिंहलाई हस्तान्तरण गरे ।
बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भुकम्पले क्षति भएको दोलखाको भिमेश्वर स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्यको लागि उपयोग गर्नेछ ।
नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा टेवा पु¥याउने उद्देश्य रहेको गैर सरकारी संस्था, हेल्प नेपाल नेटवकलाई पु¥याएको यस सहयोगबाट बैंकले शिक्षाको क्षेत्रमा केहि हदसम्म भएपनि उत्थान पुग्ने र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिंदै जाने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमसीए नेपालले थाल्यो ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माण
-
सामूहिक बलात्कार आरोपमा पोखराबाट ३ जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशको बजेट १० प्रतिशतले बढ्ने
-
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित
-
कटहर ब्लडप्रेसर, मधुमेहलगायत रोगका लागि फाइदाजनक
-
बालमन्दिर जग्गा घोटालामा को–को विरुद्ध जारी भयो पक्राउ पुर्जी ? (नामावलीसहित)