सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कटहर ब्लडप्रेसर, मधुमेहलगायत रोगका लागि फाइदाजनक

बिहीबार, २७ वैशाख २०८१, १६ : २१
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । हाम्रो वरिपरि धेरै खालका रूख र बोटबिरुवा छन् । तर ती रूख र बिरुवाहरूबारे हामी पूर्णरुपमा जानकार छैनौँ ।

हाम्रो वरिपरि औषधीय दृष्टिकोणले निकै प्रभावकारी बोटबिरुवाहरू पनि छन् । तिनै मध्ये एक हो रुख कटहर । कटहरले रक्तचाप, हृदयाघात लगायत धेरै रोग निको पार्छ भन्छन् । मधुमेहका रोगीका लागि पनि यो निकै लाभदायक भएको बताइन्छ ।

कटहर हामी फलका रूपमा खान्छौँ । यसलाई तरकारीको रूपमा पनि प्रयोग गरिन्छ । यो वर्षौभरि हराभरा हुने रुख हो । भुईँ कटहरको सिंगै रुखको औषधीय मूल्य छ । यसको फलमा प्रचुर मात्रामा भिटामिन बी पाइन्छ । ब्लड प्रेसरका बिरामीका लागि पनि यो निकै फाइदाजनक हुन्छ । यसले रगतमा चिनीको मात्रालाई नियन्त्रित राख्छ ।

मधुमेहका बिरामीका लागि यो निकै फाइदाजनक छ । तरकारीको रूपमा खाँदा मधुमेह नियन्त्रणमा रहन्छ । हृदयघातका बिरामीका लागि पनि यो निकै लाभदायक मानिन्छ । रुख कटहरले शरीरमा कोलेस्ट्रोल बन्न दिँदैन । जसले गर्दा हृदयाघातको सम्भावना कम हुन्छ । यसमा धेरै फाइबर पाइन्छ । जुन पाचनमा निकै फाइदाजनक हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप