पोखरा स्पोर्टस अवार्डको तयारी सकियो
पोखरा । पोखरा स्पोर्ट्स अवार्डको तयारी पुरा भएको छ । यो वर्ष विभिन्न ७ विधामा खेलाडी, पत्रकार र खेल सङ्घहरू सम्मानित हुनेछन् । वर्ष खेलाडी महिला र पुरुष, उदीयमान, उत्कृष्ट प्रशिक्षक, खेल संस्था वा क्लब, लाइफ टाइम एचिभमेण्ट र उत्कृष्ट पत्रकारलाई सम्मान गरिने अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।
लाइफ टाइम अचिभमेण्ट यो वर्ष एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई प्रदान गरिनेछ भने उत्कृष्ट खेल संघको रूपमा सहारा क्लब पोखरा, उत्कृष्ट पत्रकारमा रोहितराज पराजुलीलाई सम्मान गरिनेछ । अचिभमेण्ट अवार्ड चाँदीको करुवा, ट्रफी र ताम्रपत्रले सम्मान गरिने बरालले जानकारी दिए ।
खेल संघ, उत्कृष्ट प्रशिक्षक र पत्रकारलाई ३५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । वर्ष खेलाडीहरू दुवै विधामा स्कुटर पुरस्कार दिइनेछ । यसैगरी, ओलम्पियन नारायण गुरुङ र टेनिसका अन्तर्राष्ट्रिय वरियता खेलाडी अभिषेक बास्तोलालाई स्पेसल अवार्ड प्रदान गरिनेछ ।
वर्ष खेलाडीका रूपमा पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी तथा महिलातर्फ आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर, आर्चरीकी अनुश्का शेरचन र भलिबलकी अरुणा शाही मनोनयनमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण