वृद्ध बुवाआमालाई वृद्धाश्रममा गएर छाड्ने परिपाटी दुखद् : प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्ने बताएकी छन् । भरतपुर वडा नम्बर २५ ले आयोजना गरेको ज्येष्ठ नागरिक र एकल महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले ज्येष्ठ नागरिकसँग रहेका राम्रा ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्न सके ज्येष्ठ नागरिकप्रतिको सम्मानमा कमी नआउने उल्लेख गरेकी हुन् ।
कार्यक्रममा वडा नम्बर २५ का ३०० जनाभन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरिएको थियो । हिजोका दुःख सङ्घर्ष अहिलेका पीडितले थाहा नपाउँदा अहिलेको पुस्ताले ज्येष्ठ नागरिकलाई गर्ने सम्मानमा कमी आएको उनको भनाइ थियो । आगामी दिनमा ज्येष्ठ नागरिकलाई आदर सम्मान गरी पालपोषण गर्ने छोरा बुहारी, छोरा छोरीलाई यस्तै कार्यक्रम आयोजना गरी सम्मान गर्नुपर्नेमा जोड दिइन्।
‘नेपालमा बुवा–आमालाई अहिले पनि भगवानकै ठाउँमा राखेर पुज्नेहरू छन्,’ मेयर दाहालले भनिन् । तर, केही व्यक्तिहरूले भने वृद्ध बुवाआमालाई वृद्धाश्रममा गएर छाड्ने परिपाटी दुखद भएको बताइन् । बुवा–आमालाई हामीले सम्मान दिएनौ भने हाम्रा सन्ततिले त्यही सिको गर्ने उनको भनाई थियो ।
‘मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत १६ हजार बढी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण भएको छ,उनले भनिन्, ‘अब घर–घरमै पुगेर सम्बन्धित रोगको औषधि वितरण गर्नेछौ । यो नै महानगरको ज्येष्ठ नागरिकप्रतिको सम्मान हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण