वृद्ध बुवाआमालाई वृद्धाश्रममा गएर छाड्ने परिपाटी दुखद् : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्ने बताएकी छन् । भरतपुर वडा नम्बर २५ ले आयोजना गरेको ज्येष्ठ नागरिक र एकल महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले ज्येष्ठ नागरिकसँग रहेका राम्रा ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्न सके ज्येष्ठ नागरिकप्रतिको सम्मानमा कमी नआउने उल्लेख गरेकी हुन् ।
कार्यक्रममा वडा नम्बर २५ का ३०० जनाभन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरिएको थियो । हिजोका दुःख सङ्घर्ष अहिलेका पीडितले थाहा नपाउँदा अहिलेको पुस्ताले ज्येष्ठ नागरिकलाई गर्ने सम्मानमा कमी आएको उनको भनाइ थियो । आगामी दिनमा ज्येष्ठ नागरिकलाई आदर सम्मान गरी पालपोषण गर्ने छोरा बुहारी, छोरा छोरीलाई यस्तै कार्यक्रम आयोजना गरी सम्मान गर्नुपर्नेमा जोड दिइन्।
‘नेपालमा बुवा–आमालाई अहिले पनि भगवानकै ठाउँमा राखेर पुज्नेहरू छन्,’ मेयर दाहालले भनिन् । तर, केही व्यक्तिहरूले भने वृद्ध बुवाआमालाई वृद्धाश्रममा गएर छाड्ने परिपाटी दुखद भएको बताइन् । बुवा–आमालाई हामीले सम्मान दिएनौ भने हाम्रा सन्ततिले त्यही सिको गर्ने उनको भनाई थियो ।
‘मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत १६ हजार बढी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण भएको छ,उनले भनिन्, ‘अब घर–घरमै पुगेर सम्बन्धित रोगको औषधि वितरण गर्नेछौ । यो नै महानगरको ज्येष्ठ नागरिकप्रतिको सम्मान हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म