कोरोनाको असरः साउनमा छैन हरियो चुरा र पोतेको रमझम (फोटोफिचर)
साउन महिना लागेसँगै असनको चुरा र पोतेको बजारमा छुटै रौनक हुन्थ्यो । हरियो चुरा र पोते किन्ने महिलाहरुले पसल भिडभाड हुन्थ्यो, पसलेहरुलाई भ्याइनभ्याइ हुन्थ्यो ।

साउन लागेसँगै हरियो नेपाली नारीहरुले चुरापोते लागाएर आफूलाई सजाउँछन् । त्यही भएर यो महिना हरियो चुरा, मेहेन्दी, हरिया वस्त्रको धेरै विक्री हुन्छ। ज्योतिषीहरुका अनुसार हरियो सौभाग्यको रंग मानिन्छ। साउनमा प्रकृति नै हरियाली हुन्छ। प्रकृति आफैँ पनि हरियो रंगले सिंगारिएको हुन्छ। साउनलाई मानिसले प्रकृतिसँग जोडिने महिनाकारुपमा पनि लिन्छन्। नेपाली समाजमा प्रकृतिको साथ रहेमा आफ्नो भाग्यमा पनि राम्रो प्रभाव पर्ने विश्वास गरिन्छ। नेपालीले प्रकृतिलाई ईश्वरका रुपमा पूजासमेत गर्छन्। हरियो चुरा र साडीमा सजिएर महिलाले साउनभर प्रकृतिको पूजा गरिरहेका हुन्छन्। यसले महिलामा नयाँ ऊर्जा दिने र श्रीमानको आयु बढ्ने विश्वास पनि गरिन्छ। साउनमा हरियो पोशाकमा सजिँदा भगवान शिव प्रसन्न हुने धार्मिक उक्ति छ।

तर, कोरोनाभाइरसको महामारीका कारण यो वर्ष साउन महिनाको स्वरुप नै फेरिएको छ । यसअघि, भिडभाड हुने असन र इन्द्रचोकका पसलहरुमा फाट्टफुट्ट पनि ग्राहकहरु देखिन्छन् । व्यापारीहरु भन्छन्, ‘पहिलाको भन्दा धेरै नै कम व्यापार छ। मानिसहरु फाट्टफुट्ट मात्र आउने गर्दछन्। यसपालि कोरोनाले गर्दा अप्ठेरो भएको छ।’












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण