बितेको २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिए
शनिबार, ०३ साउन २०७७, १६ : ३०
बितेको २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
उनका अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ जना रहेको छ । यस्तै निको भएकासहित हालसम्म संक्रमित बनेकाको कुल संख्या १७ हजार ५०२ जना रहेको गौतमले जानकारी दिए ।
गौतमका अनुसार बितेको २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ३ हजार ३३१ जनाको नमुना परीक्षण भएको छ ।
हाल २३ हजार २७५ जना क्वारेन्टिन र ५ हजार ८२५ जना आइसोलेसनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा थप १०३ जना डिस्चार्ज भएसँगै कूल निको हुनेको संख्या ११ हजार ६३७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण