प्रहरीमाथि ढुङ्गामुढा प्रहार

जिल्लाको बूढीगङ्गा नगरपालिका–७ का युवक दिलीप केसीको समूहले शनिबार प्रहरीमाथि ढङ्गामुढा प्रहार गरेको छ ।
स्थानीय पारस रावतलाई कुटपिट गरेको भनेर पीडितले प्रहरीकहाँ निवेदन दिएका आधारमा बूढीगङ्गा–७ का वडाध्यक्ष भुवन केसीका छोरासमेत रहेका दिलीपलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीय गाउँलेलाई खबर गरेपछि गाउँमाथिबाट एकाएक प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरिएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए ।
बेतालमाडौँ बजारमा व्यवसाय गर्दै आएका पारस रावतमाथि स्थानीय युवाहरुले कुटपिट गरेको निवेदनका आधारमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा र दिलीप केसीले ढोका नखोल्दा प्रहरीलाई माथिबाट भएको ढुङ्गामुढाबाट दुई प्रहरी जवान घाइते भएको प्रहरी निरीक्षक तथा कार्यालयका प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिएका छन् ।
घाइते प्रहरी जवानको टाउको र कम्मरमा चोट लागेको छ । ढुङ्गामुढा प्रहारबाट रिठ्ठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान घाइते भएका छन् ।
घाइते जवान अछामको बयालपाटा अस्पतालमा उपचारपछि चौकी फर्किएका छन् । प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्ने केसीसहितका युवालाई प्रहरीले खोजिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)
-
कोशी गाउँपालिकाका अध्यक्षद्वारा सुरक्षाकर्मीमाथि गालीगलौज, तीन वटा मुद्दा चलाउने तयारीमा प्रहरी
-
संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबिच सकारात्मक छलफल भयाे : प्रचण्ड