हत्या अभियुक्त ‘फटाहा कान्छा’ १९ वर्षपछि पक्राउ
काठमाडौैँ – प्रहरीले ज्यान मार्ने मुद्दाका फरार अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–६ महेश्वरमार्गका ३७ वर्षीय फटाहा कान्छा भन्ने प्रेम मोक्तान रहेका छन् ।
मोक्तानले आर्थिक लेनदेनको विवादलाई लिएर २०५८ वैशाख ४ गते सुनसरी इटहरी उपमहानगरपालिका–९ चोकदेखि पूर्वपट्टी रहेको प्याराडाइज रेष्टुरेन्ट एण्ड पुल हाउसमा ३९ वर्षीय रोशन चौधरीमाथि खुकुरी प्रहार गरेका थिए ।
चौधरीलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएर भागेका फटाहा कान्छा भन्ने प्रेम मोक्तान लकडाउनको समयमा गाउँघरमा आएर लुकिछिपि बसेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी धर्मराज भण्डारीले बताए ।
पक्राउ परेका मोक्तानलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको भण्डारीले बताए । सोही घटनामा ३९ वर्षीय रमित मोक्तान अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार रमितको खोजीकार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा