स्याङ्जामा ३ प्रहरीमा कोरोना देखियो
स्याङ्जा । स्याङ्जामा ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका दुईजना हवल्दार र एकजना सिपाहीमा कोरोना संक्रमण भेटिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार ३३, ३४ र ३८ वर्षीय पुरुष प्रहरीमा कोरोना संक्रमण भेटिएको हो ।
संक्रमित प्रहरी कर्मचारीहरुको गत साउन ४ गते स्वाब परीक्षणका लागि पोखरा लगिएको थियो । उनीहरुमा मंगलबार दिउँसो कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी विमलराज कणेलका अनुसार संक्रमण प्रहरी कर्मचारीहरुलाई करेण्डाँडा स्वास्थ्य चौकीको आइसोलेसनमा राख्ने तयारी भैरहेको जानकारी दिएका छन् ।
प्रहरी कार्यालयभित्र रहेका रहेका सबै जनाको स्वाब परीक्षणका लागि लिइएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमा हाल ५५ जना प्रहरी कर्मचारी कार्यरत छन् ।
यसअघि फेदीखोला गाउँपालिकाका तीनजना पुरुष र गल्याङ नगरपालिकाका एकजना पुरुषमा कोरोना देखिएको थियो । गल्याङका संक्रमित गल्याङ सामुदायिक अस्पतालका डाक्टर हुन् ।
स्याङ्जामा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ । जसमध्ये १८३ जना निको भएका छन् भने दुईजना पुरुषले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण